डोजरले आक्रमण गर्ने डोजर चालक पक्राउ

६ बर्ष अगाडि

काठमाडौं- डोजरले आक्रमण गर्ने चालक किशोर बोहोरालाई प्रहरीले पत्रलाउ गरेको छ ।

चालक किशोर बोहरालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

अंशबण्डाको विवाद मिलेपछि मात्रै सडक खन्न माग गर्दै आएका स्थानीयलाई डोजर चालकले डोजरको बकेटमार्फत आक्रमण गरेको भिडियो सार्वजनिक भएको थियो ।

डोजर आक्रमणबाट घाइते भएका आठ जनामध्ये स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते रहेको स्थानीय हेमराज जोशीले बताए । उनका अनुसार डोजरको आक्रमणबाट गौरा अचेत छिन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया