स्कुलबसले ठक्करबाट बालकको मृत्यु

६ बर्ष अगाडि

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडानम्बर ९ मा एक विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत आठ वर्षीय नवीन घिमिरेको घटनास्थलमै मृत्यु भएको छ । 

छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले मंगलबार बिहान करिब सवा ९ बजेतिर किचेर सोही विद्यालयका विद्यार्थी घिमिरेको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । घिमिरेले एलकेजीमा पढ्दथे ।

विद्यालय जाने क्रममा उनी बसको ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनापछि स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए । अहिले स्थितिमा नियन्त्रणमा आइसकेको र घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा चन्दले जानकारी दिइन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया