बाबुको हत्या गरेर कुबेत फरार, २० वर्षपछि समातिए

६ बर्ष अगाडि

काठमाडौं– २० वर्षअघि आफ्नै बाबुको हत्या गरेर फरार रहेका  रनकाजी भन्ने रनबहादुर तामाङ पक्राउ परेका छन् । 
केन्द्य्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई सोमबार काठमाडौंको चोभारबाट पक्राउ गरेको हो । 

२०५७ चैत २९ गते काभ्रेपलाञ्चोकको  साबिक स्यामपाटी गाबिस वडा नं ६ स्थित बिमिरे गाँउमा उनले आफ्नै  बाबु धमैसिंह तामाङको सामान्य घरायसी बिषयका क्रममा धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । 
घटनापछि फरार रहेका उनी लामो समय वैदेशिक रोजगारीका लागि कुवेत पुगेका थिए । स्वदेश फर्किएर हाल आफ्नो बास्तबिक परिचय समेत लुकाएर काठमाडौंको विभिन्न स्थानमा लुकेर बस्दै आएका उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया