तपाईसँग भएको नोट कतै नकक्ली त छैन ? राजधानीमा छ्यापछयाप्ती नक्कली नोट

६ बर्ष अगाडि

काठमाडौँ – तपाईसँग भएको नोट नक्कली त छैन? विचार गर्नुस है । नक्कली नोटका कारोबारी राजधानीमा छ्याप छुयाप्ती देखिएका छन् ।

प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने तीन जनालाई नियन्त्रणमा लिएपछि सो कुराको खुलासा भएको हो ।

महानगरीय प्रहरी वृत बौद्धको टोलीले नयाँबस्तीबाट तीन जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले दोलखा मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपालीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले फ्याल्ट नै भाडामा लिएर नक्कली नोटको कारखाना चलाएको पत्ता लागेको छ । प्रहरीले उनीहरुको साथबाट प्रहरीले एक हजारको ३४ वटा नक्कली नोट, नोट बनाउन तयार पारिएको करिव २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिनसहित अन्य सामाग्री बरामद गरेको छ ।

’उनीहरुले नक्कली नोट बनाउँदै बजारमा पु‍र्याउने गरेको देखियो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक बयानमा उनीहरुले अहिलेसम्म रु ६० हजार बराबरको नक्कली नोट बजारमा पुर्याइसकेको बताएका छन् । प्रहरीले नोटको कारोबार गर्दा सतर्क हुन पनि सबैलाई आग्रह गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया