नेपाली बजारमा रु ६० हजार बराबरका नक्कली नोट रहेकोले नोटको कारोबार गर्दा सतर्क हुन प्रहरीले सबैलाई आग्रह गरेको छ ।
नक्कली नोट छाप्ने गिरोहले रु ६० हजार बराबरका रु एक हजारका नोट बजारमा पु¥याएकोले कारोबार गर्दा सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
बौद्धको नयाँबस्तीबाट नक्कली नेपाली रुपैयाँ छाप्ने तीन जना लाई नियन्त्रणमा लिएपछि प्रहरीले यस्तो तथ्य पत्ता लगाएको हो ।
पक्राउ परेका दोलखा मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपालीले रु ६० हजार बराबरका नेपाली नोट छापेर बजार पठाएको बताएका थिए ।
उनीहरुले फ्याल्ट नै भाडामा लिएर नक्कली नोटको कारखाना बनाएको बौद्धका डिएसपी रमेश सिंहले जानकारी दिए।
उनीहरुको साथबाट प्रहरीले एक हजारको ३४ वटा नक्कली नोट, नोट बनाउन तयार पारिएको करिव २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिनसहित अन्य सामाग्री बरामद गरेको छ।

प्रतिक्रिया