स्वास्थ्य सचिव पुष्पाले दिइन् राजिनामा

६ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले सचिवपदबाट राजिनामा दिएकी छिन् । सरकारले चौधरीको राजिनामा आइतबार स्वीकृत गरेको छ ।  विश्व स्वास्थ्य संगठनको पि फाइभ तहमा नाम निकाल्न सफल भएपछि डा. चौधरीले राजिनामा दिएकी थिईन । 

डा. चौधरी गत वर्ष कार्तिकमा सरकारले गरेको सरुवा निर्णयविरुद्ध अदालतमा गएकी थिइन् ।

सरकार विरुद्ध गएको भन्दै उनको राजिनामा समेत अड्काइदिएको थियो । चौधरीले राजिनामाबारे पटकपटक मुख्य सचिवसँग परामर्श गरेपनि विशिष्ठ श्रेणीको अधिकारीले सरकारविरुद्ध पहिलोपटक मुद्दा हालेको भन्दै उनको राजिनामा स्वीकृतिमा समेत अवरोध भइरहेको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया