पूर्वी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना गरेको मौसम विभागले जनाएको छ ।
मौसम विभागका अनुसार मौसममा आएको बदलीसँगै देशभर चिसो बढेको छ ।
मौसम विभागका अनुसार आज देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहनेछ।
मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने मध्य तथा पूर्वी हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ । यस्तै आज राति पनि देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बांकी भूभागमा आंशिक बदली रहनेछ।
प्रतिक्रिया