नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले कार्य सम्पादनका लागि सचिवालय कमिटी गठन गरेको छ । आइतबार बसेको पार्टीको बैठकले ४९ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको हो ।
बैठकले सात सदस्यीय कार्यालय टिमसमेत गठन गरेको पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देलले जानकारी दिए । कार्यालय टिममा साविक नेकपा एमालेबाट अध्यक्ष सिग्देलसहित श्रीप्रसाद श्रेष्ठ, भगवती न्यौपाने र विष्णुभक्त सिग्देल तथा साविक नेकपा माओवादी केन्द्रबाट राजेन्द्रकेशरी न्यौपाने, मदन आले र अतिन्द्रकेशरी न्यौपाने रहेका छन् ।
कार्यालय सचिवमा यसअघि राजेश्वर ढकाल चयन हुनुभएको थियो भने बैठकले कार्यालय सचिवमा वसन्त दरैलाई जिम्मेवारी प्रदान गरेको छ । सोही बैठकले चाडपर्वको अवसरमा कात्तिक ९ गते आयोजना गर्न लागिएको चियापान कार्यक्रमलाई भव्य बनाउने निर्णय गरेको पार्टीका सचिव राजेन्द्रकेशरी न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया