पैसा छाप्ने मेसिनसहित तिन जना पक्राउ

६ बर्ष अगाडि

 काठमाडौंको बौद्धस्थित नयाँबस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

५० हजार नक्कली नोट र पैसा छाप्ने मेसिनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 पक्राउ परेका तीनै जनाको घर दोलखा रहेको प्रहरीले जनाएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।  

दशैंका बेला उनीहरुले ठूलो मात्रामा नक्कली नोट बजारमा पठाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरी नियन्त्रणमा रहेका तीनै जनाको अनुसन्धान भइरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया