आलम आतंक : ईटाभट्टामा जिउँदै जलाउनेको पक्षमा २३ वकिल

६ बर्ष अगाडि

बम बिस्फोट्का घाइते लाई जिउँदैँ इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका मोहम्मद अफ्ताव अलामले पहिले पटक सरकारी वकिलको कार्यलयमा बयान दिएका छन् । 

जिल्ला अदालत रौतहटले अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेसगैँ उनले साढे ५ घन्टा लामो इन्कारी वयान दिएका हुन् ।

उनका पक्षमा २३ जना वकिल रहेका छन् ता पनि उनी हिरासतमै छन् ।

आलमलाई थप दुई मुद्दा समेत थपिएको छ ।

रौतहट जिल्ला अदालतकोमा बहसको अन्त्यमा न्यायधीसले अलाम विरुद्ध सफी महोम्मद ज्यान मार्ने र जिप्रका रौतहटले विस्फोट्क  पदार्थ ऐनअन्तर्गत गरि दुई वटा मुद्दा परेको खुलासा गरेका थिए ।
नयाँ पत्रिकाबाट

६ बर्ष अगाडि

प्रतिक्रिया