केसीको जीवन रक्षा गर्न अपिल: भट्टराई

७ बर्ष अगाडि

काठमाडौं– नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले जुम्लामा अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको लागि आग्रह गरेका छन् । 
समाजिक सञ्जालमा डा. भट्टराईले  सरकारले मेडिकल क्षेत्रको वर्तमान विकृति हटाउनुको साटो अझैं थप्ने गरी चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक ल्याउन लागेको भन्दै आलोचना समेत गरेका छन् । 

स्वास्थ्य र शिक्षा क्षेत्र मुनाफाका नभई  सेवामुखि हुनुपर्नेमा जोड दिँदै भट्टराईले वर्तमान सरकारले यसलाई नजरअन्दाज गरेको आरोप लगाएका छन् । 
‘स्वास्थ्य–शिक्षा मुनाफाका क्षेत्र हैनन् र बनाउनु हुँदैन । यो मार्क्सवाद र समाजवादको कखरा हो । यसलाई नबुझ्ने र बुझपचाउनेहरूले आफुलाई कम्युनिष्ट भन्नु कस्तो विडम्वना हो ? भट्टराईले प्रश्न गरेका छन् । 
उनले दुई तिहाई बहुमतको सरकारले विद्यमान विकृति हटाउनु सट्टा अझै थप्नेगरी विधेयक ल्याउनु लाजमर्दो भएको पनि बताएका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया