काठमाडौं – राष्ट्रिय जनगणना २०७८ मा बेरोजगार युवालाई परिचालन गर्ने भएको छ । सो राष्ट्रिय अभियानमा कूल ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर परिचालन गरिनेछ ।
यस अघि राष्ट्रिय जनगणनामा शिक्षक परिचालन गर्ने गरिएको थियो । यस पटक भने बेरोजगार युवालाई सो कार्यको जिम्मा दिन लागिएको हो ।
केन्द्रीय तथ्यांक विभागले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अब बेरोजगार युवालाई नै परिचालन गरिनेछ ।
अब गणक, सुपरीवेक्षकमा बेरोजगार युवालाई भर्ना गरिने तथ्यांक विभागको भनाइ छ ।
प्रतिक्रिया