जिउँदै ईटाभट्टामा हालेर निर्मम हत्या गरेको अभियोगमा प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री मोहमद अफ्ताव आलम पक्राउ परेसगैँ उक्त घटनाका विभिन्न प्रमाणहरु बाहिरिन थालेका छन् ।
आलम आतंकमा मारीएका वसी अख्तरकी आमा रोक्सानालाईलाई आलामले आफु विरुद्ध आवाज नउठाउन धेरै पटक आग्रह गरेका थिए ।
जबरजस्ती चुनाव प्रचारमा लगाइएको छोरा अख्तरलाई बम बिस्फोटमा घाइते भएपछि उनलाई ईँटाभट्टामा जिउँदै जलाइएको थाहा पाएपछि आमा रोक्साना न्यायको लडाँईमा जुटेकी थिइन् ।
उनी न्याय खोज्दै जिल्ला सरकारी वकिलको कार्यलय, महान्यायाधिवक्ताको कार्यलय हुदैँ सर्वोच्च अदालत सम्म पुगेकी थिईन ।
यस कुरा थाहा पाउने साथ अख्तरकी आमालाई आलामले गल्ती भयो, यसका लागी खेत र दुई लाख ५० हजार रुपैयाँ दिन्छु, काठमाडौं नजाउ, तर चुप लाग्दैनौ भने घरमा आगो लाइदिन्छौँ भन्दै धम्की दिएका थिए ।
त्यसबेला अख्तरकी आमाले अधिकारकर्मीहरुलाई सो कुरा भनेकी थिइन् ।
आलमले उनलाई जग्गा र पैसाको प्रलोभनमा पार्न खोजे पनि उनले न्यायका लागी गुहार माग्न छोडिन्न ।
अन्तत उनलाई देवर पर्ने दुदमियाँ कवारीले बाटो ढुकेर गोली हानी हत्या गरे । तर, रोक्सनाका पतिले भने जाहेरी दिन मानेनन् किन भनेआलमले उनलाई ४ कठ्ठा जग्गा दिने प्रलोभनमा पारेका थिए ।
नयाँ पत्रिकाको स्थलगत रिपोटिङबाट
प्रतिक्रिया