महरा प्रकरणः फेरी ७ दिनको म्याद माग्ने तयारी

६ बर्ष अगाडि

हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि थप अनुसन्धान गर्न प्रहरीले ७ दिनको समय माग्ने तयारी गरेको छ ।

 गत असोज १९ गते पक्राउ परेका महरालाई दसैंविदापछि अदालतमा पेश गरेको प्रहरीले यसअघि ७ दिनको समय लिएर अनुसन्धान गरेको थियो ।

काठमाडौं महानगरीय प्रहरी परिसरका डीएसपी होबिन्द्र बोगटीले महरासँगको बयान नसकिएका कारण फेरि ७ दिनको म्याद माग्न लागेको जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया