काठमाडौं । पश्चिमी वायुका कारण आज देशभरीकै मौसम बदलिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम आज रातिसम्म नै जारी रहनेछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार भोलि दिउँसो पश्चिमबाट मौसममा सुधार हुँदै जानेछ र पर्सी मंगलबार मात्रै देशभरीको मौसममा सुधार आउनेछ ।
आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि दिउँसो देशको मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भुभागमा आंशिक बदली रहने जनाइएको छ ।
मध्य र पूर्वी पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । यसैगरी भोलि राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाइएको छ ।
प्रतिक्रिया