प्रधानमन्त्री ओली अजरबैजान जादै

६ बर्ष अगाडि

 

३ कात्तिक, काठमाडौं । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुनका लागी प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान जाने भएका छन् । 

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको बिज्ञप्ती अनुसार २५ अक्टुबरदेखि २६ अक्टुबरसम्म हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको जनाएको छ ।


परराष्ट्रमन्त्रालयका अनुसार , प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि भ्रमण टोलीमा रहनेछन् ।

समकालीन विश्वको चुनौतीका लागि ठोस प्रतिक्रिया सुनश्चित गर्नका लागि बांडुग सिद्धान्तको उपयोगमा केन्द्रित हुने सम्मेलनको दौरानमा प्रधानमन्त्रीले जनरल डिवेटमा सम्बोधन गर्ने तय भएको छ । परराष्ट्रका अनुसार, विभिन्न देशका राष्ट्र प्रमुखहरूसँग पनि प्रधानमन्त्रीले भेटवार्ता गर्नेछन् ।

विश्वका विभिन्न देशहरूले असंलग्न परराष्ट्रनीति अगाल्दै आइरहेका छन् । नेपाललगायतका विश्वका यस्ता देशहरू लामो समयदेखि संगठित रहँदै आएका छन् ।

सम्मेलनले १७ औं सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयन र नयाँ योजनाबारे छलफल गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओली २७ अक्टुबरमा नेपाल आइपुग्ने छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया