२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जाँच गराएका छन् । प्रधानमन्त्रीले शुक्रबार ग्राण्डी हस्पिटलमा स्वास्थ्य जाँच गराएका हुन ।
सिंगापुरमा उपचार गराएर फर्किएपछि पहिलो पटक स्वास्थ्य जाँच गराएका हुन् ।शुक्रबार बिहान ९ बजेतिर धापासीस्थित ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओली ९१५ रुममा बसेका थिए । उनी साँझ मात्र फर्किएका हुन् ।
प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गरेर २० भदौमा स्वदेश फर्किएका थिए । सिंगापुरमा उनको प्लाज्मा फेरिसस उपचार विधिबाट मिर्गौलाको एन्टीबडी हटाइएको थियो ।
प्रतिक्रिया