८ करोडको लगानीमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

६ बर्ष अगाडि

काठमाण्डौ – युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा काठमाण्डौमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ ।

शुक्रबार काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो ।

‘राष्ट्रिय आविष्कार केन्द्र’ जनस्तरबाट साथै विदेशीहरुले सहितको झण्डै ८ करोडको लगानीमा स्थापना गरिएको हो । केन्द्रका अध्यक्ष समेत रहनु भएका पुनले दिनुभएको जानकारी अनुसार नेपाली नागरिकले दिएको दान र विदेशीहरुको सहयोगमा केन्द्र स्थापना गरिएको हो ।

नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न प्रेरित गर्नुको साथै  आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी केन्द्र स्थापना गरिएको पनि अध्यक्ष पुनले बताउनुभयो । हला केन्द्रमा २० वटा प्रोजेक्ट सञ्चालनमा आएका छन । ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा  अनुसन्धानको काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया