गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अबदेखि नेपालमा सम्मेलन नगर्ने भएको छ ।
संस्थामा अनावश्यक राजनीति भएको भन्दै एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले अबदेखि नेपालमा सम्मेलन नगर्ने घोषणा गरेका हुन् ।
अध्यक्ष पन्तले आफू अध्यक्ष निर्वाचित भएपछि होटलका कोठा–कोठामा नेताहरू आएर संस्थालाई राजनीतिकरण गर्न खोजेको बताए।
‘संस्थामा अनावश्यक राजनीतिकरण गर्न खोजियो। सम्मेलनका बेला होटलका कोठा९कोठामा नेताहरू ल्याएर छलफल पनि भए’, बिजयी भएपछि पत्रकारहरूसँग होटल हायातमा छोटो प्रतिक्रिया दिएका पन्तले भने, ‘हामी संस्थालाई राजनीतिकरण गर्न चाहनौं त्यसैले अबदेखि नेपाल (काठमाडौंमा) अधिवेशन गर्दैनौं।’
उनले अब एनआरएनएका प्रतिनिधिले होइन साधारण सदस्यहरूले नै भोट गर्न पाउने व्यवस्था मिलाई अनलाइन भोटिङ मार्फत निर्वाचन गर्ने बताए ।
काठमाडौंमा भएको नवौं सम्मेलनमा प्रत्यासी कुल आचार्यलाई एक सय ४७ मतान्तरले पराजित गरी पन्त आज बिहानमात्रै अध्यक्षमा बिजयी भएका हुन् ।
प्रतिक्रिया