महराले बयान दिन मानेनन्

६ बर्ष अगाडि

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निबर्तमान सभामुख कृष्णबहादुर महराले प्रहरीलाई बयान दिन अस्वीकार गरेका छन् । प्रहरीले साविती बयानका लागि महरलाई पटक पटक आग्रह गरे पनि उनले अस्वीकार गरेका हुन् ।


अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारीका अनुसार अस्पतालको बेडमै गई बयानका लागी गरिएको आग्रहलाई उनले अस्वीकार गरेका हुन । उनले भने, ‘‘हामीले उहाँलाई अस्पतालकै बेडमा गएर पटक–पटक बयानका लागि आग्रह गर्यौं तर उहाँले बोल्दिन भन्नुभएको छ । संविधानले नबोल्ने अधिकार दिएको पनि छ । तर प्रमाणबाट हामीले उहाँले यौन दुर्व्यवहार गरेको पुष्टि गर्छौं ।’’ महरालाई आइतबार फेरि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ ।


कुनै पनि अभियुक्तले अदालतमा बयान दिन्न भन्न पाउने व्यवस्था फौजदारी कानुनले नै सुरक्षित गरेको छ ।  संविधानको भाग ३ मा रहेको मौलिक हकअन्तर्गत धारा २० ९७० मा ‘ कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी  हुन बाध्य पारिने छैन,’ उल्लेख छ । 

त्यस्तै मुलुकी अपराध संहिता,०७४ को परिच्छेद २ मा फौजदारी न्यायका सामान्य सिद्धान्तसम्बन्धी व्यवस्था छ । जसको दफा ११ मा आफ्नोविरुद्ध साक्षी हुन कर नलाग्नेः कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी हुन कर लाग्ने छैन’ भन्ने व्यवस्था छ । 


साविती बयान दिन आनाकानी गरेपनि अनौपचारिक रुपमा भने महराले आफू पीडित भनिएकी रोशनी शाहीको कोठामा गएको प्रहरीसँग स्वीकार गरेका छन् । तर, आफूले कुनै प्रकारको दुर्व्यवहार नगरेको दाबी महराको छ । महरामाथि संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते उनकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया