बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था हुने

७ बर्ष अगाडि

काठमाडौं–कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था हुने बताएका छन् । 
मन्त्री खनालले भूमिको उचित व्यवस्थापन गर्न सरकारले उच्च स्तरीय संयन्त्र बनाउन लागि रहेको पनि स्पष्ट पारे । 
 मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मोही समस्या एक वर्ष भित्र समाधान हुनेगरी आवश्यक तयारी गरिएको पनि बताए । 
 सरकारले १ लाख २१ हजार मोहीहरु रहेको तथ्यांक तयार पारेको छ । मन्त्री खनालले भदौ मसान्त भित्र मोहीहरुको संख्या एकीन गरेपछि उनीहरुको समस्या समाधान गर्ने कामलाई तीव्रता दिने योजना रहेको पनि बताए । 
मन्त्री खनालले कृषियोग्य जमिनलाई खण्डित हुन नदिन सरकारले विशेष कार्यक्रम नै संचालन गर्न लागेको पनि बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया