आरबीबी मर्चेन्ट बैङ्किङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन् ।
चार वर्षका लागि सो नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले शुक्रबार एक पदबहाली गरेका छन् ।
आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैङ्कको सहायक कम्पनी हाे ।
अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैङ्किङ्ग तथा पूँजीबजारमा १५ वर्षभन्दा बढिको अनुभव रहेका प्याकुरेल यसअघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए ।
राष्ट्रिय वाणिज्य बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत एवं आरबीबी मर्चेन्ट बैङ्किङ्गका संचालक केशवप्रसाद लम्सालले प्याकुरेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए ।
हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैङ्कको ७७ जिल्लामा रहेका २३८ वटा शाखा कार्यालयबाट पनि लिन सकिन्छ ।
यो सुविधासँगै दूरदराजमा रहेका जनताले पनि मर्चेन्ट बैङ्किङ्ग सेवा लिन सकिने सम्भावना देखिएको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले बताए ।
आरबीबी मर्चेन्ट बैङ्किङ्गको हाल २० करोड चुक्तापुँजी छ ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्कका मूख्य प्रबन्धक एवं संचालक पवन रेग्मी, मूख्य प्रबन्धक एवं आरबीबी मर्चेन्ट बैङ्किङ्गका निमित्त प्रमुख कार्यकारी अधिकृत रामकुमार थापा लगायत कर्मचारीहरुको उपस्थिति थियो।
प्रतिक्रिया