प्रदेश नं‍ चार को बैठक सूचना टाँस गरी स्थगित

७ बर्ष अगाडि


पोखरा ।  प्रदेश नं ४ को आज १ः०० बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । 

उपसभामुख सिर्जना शर्माले जारी गर्नुभएको सूचनामा आज बस्ने भनिएको बैठक विशेष कारण जनाइ असार २१ गते दिनको २ः०० बजेसम्मका लागि सारिएको छ । 

स्रोतका अनुसार आजको बैठकमा प्रदेशको नामकरण सम्बन्धमा छलफल गरिने कार्यसूची रहेकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र सो सम्बन्धमा एकमत हुन नसकेका कारण थप छलफलका लागि बैठक सारिएको हो । 

नामङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले गत जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गरेको प्रतिवेदनमा पहिलो प्राथमिकतामा गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि रहेको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया