राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

६ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङलेले आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गरेका छन्  ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली,  परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव  डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र  राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदासलगायत थिए।  

राष्ट्रपति भण्डारी असोज २९ देखि कात्तिक ३ गतेसम्मका लागि म्यान्माको राजकीय भ्रमणमा छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया