स्मार्ट स्क्रयाच र स्मार्ट वालेटको कारोबार गर्न स्मार्ट कार्ड नेपाललाई अनुमति

६ बर्ष अगाडि

स्मार्ट कार्ड नेपाल प्रालिले  भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति दिएको छ। 

कम्पनीले भुक्तानी तथा फर्छ्यौट नियमावली अनुसार नेपाल राष्ट्र  बैंकबाट बिहीबार अनुमति पत्र पाएको हो।

कम्पनीले स्मार्ट स्क्रयाच कार्ड  र स्मार्ट वालेटको माध्यम बाट सेवा प्रवाह गर्ने जनाएको छ। 

अनुमति पाएसँगै चाँडैनै कारोबारमा जाने कम्पनीका संचाकल प्रतापजंग पाण्डेले बताए। 

प्रिपेड स्क्रयाच कार्ड मार्फत बैंक तथा बित्तिय संस्थामा रकम जम्मा गर्न तथा डिजिटल वालेट लोड गरि आफ्नो आर्थिक कारोवार गर्न सकिने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

कम्पनीले सम्पूर्ण प्रयोगकर्ता लाई बित्तीय  पहुँच पुर्याउउने, नगद कारोवार लाई क्यास लेस ट्रान्जेक्सनमा प्रोत्साहन गर्ने, सानो सानो पैसालाई समेत बैंकिङ च्यानलमा ल्याई बचत गर्ने बानीको बिकास गराउने र  ग्रामिण भेगमा समेत आफ्नो सेवा सञ्चालन गर्ने जनाएको छ।

 यस कम्पनीमा लगानी कर्ताकारुपमा अम्बिकाप्रसाद पौडल,  चिरञ्जिवी थापा, तिलकबहादुर रानाभाट  सञ्चालक रहेका छन्।
 

६ बर्ष अगाडि

प्रतिक्रिया