त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोश्रो वर्षको परीक्षाको फारम भर्ने समय थप गरेको छ ।
निजीतर्फ परिक्षा फारम भर्नेको सङ्ख्या अत्यधिक भएपछि कात्तिक ८ गतेसम्मका लागि म्याद थप गरेको त्रिविले जनाएको छ ।
जनप्रशासन र राजनीतिक शास्त्र विषयमा खुलेको परिक्षा फारमको म्याद भोलीदेखि सकिँदै थियो ।
तर फारम भर्ने धेरै भएपछि सामान्य दस्तुरको म्याद कात्तिक ८ सम्म र दोब्बर दस्तुरको म्याद १९ गतेसम्मका लागि थपिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए ।
गत वैशाखमा त्रिविले स्नातकोत्तर तहको जनप्रशासन र राजनीतिक शास्त्र विषयको निजीतर्फको फाराम खुल्ला गरेको थियो । सेमेष्टर प्रणाली शुरु भैसकेकाले यस वर्ष निजीतर्फको अन्तिम परीक्षा हुने भएकाले फाराम भर्ने विद्यार्थीको सङ्ख्या बढेको बढेको छ ।
सहनियन्त्रक अधिकारीले वार्षिक परीक्षाअन्तर्गत निजीतर्फ भर्ना लिने वा नलिने भन्नेमा अझै निर्णय नगरिएको बताए ।
प्रतिक्रिया