भोलिदेखि मनसुन कमजोर बन्दै जाने, आज कहाँ–कहाँ बाढीको खतरा ?

७ बर्ष अगाडि

काठमाडौं– केहि दिनदेखि सक्रिय मनसुन बुधबारदेखि कमजोर बन्दै जाने जल तथा मौसन पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज  देशको पूर्वी र मध्य भूभागमा मध्यमदेखि भारीसम्मको वर्षा हुनेछ । तर, भोलिदेखि भने  मनसुन कमजोर बन्दै जाने महाशाखाको पूर्वानुमान  छ । 
यस्तै आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, इमाल, ताप्लेजुङ, धनकुटा, ओखलढुंगा, दोलखा, सोलुखुम्बुलगायतका जिल्लाहरुबाट प्रवाह हुने खोलाहरुमा उल्लेख्य बहाव बढ्ने पनि महाशाखाको पूर्वानुमान रहेको छ ।
 मध्यान्हपछि खतराको तह पार हुने सम्भावना  रहेको भन्दै महाशाखाले पश्चिमी भूभागका नदीहरुमा भने  सतर्कता तह पार हुने सम्भावना न्यून रहेको जनाएको छ । 
महाशाखाले आज देशको पूर्वी र मध्य भुभागबाट प्रबाह हुने सवै खोलानालाहरुमा बाढी  आउन सक्ने भन्दै सतर्कता  अपनाउन अनुरोध गरेको छ । 
महाशाखाले बुधबारदेखि   देशका प्राय नदीहरुमा जलसतह केहि घट्ने र सतर्कता तह तलै रहने पूर्वानुमान पनि गरेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया