बाढीले ४ विद्यार्थी बगायो, १ को मृत्यु एक वेपत्ता

७ बर्ष अगाडि

वीरगंज–अविरल वर्षाका कारण पर्साको पर्सागढी नगरपालिकास्थित  फन्ठी नदीमा आएको बाढीले बगाउँदा एक जना विद्यार्थीको मृत्यु भएको छ । अर्का एक जना विधार्थी बेपत्ता भएका छन् । दुई जना विद्यार्थीको भने उद्धार गरिएको छ ।
बाढीले सोमबार बिहान चार जना विद्यार्थीलाइ बगाएकोमा एक जनाको मृत्यु भएको र एक जना विद्यार्थी अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । 
बाढीले बगाएर पर्सागढी नगरपालिका वडा नम्बर ४ का जादोलाल रामकी छोरी १५ वर्षिया प्रतिमा कुमारी रामको मृत्यु भएको हो ।

बाढीले बगाएका पर्सागढी ८ का १५ वर्षिय सुरेन्द्र महत्तोको अवस्था भने अज्ञात रहेको छ । यसैगरी बाढीले बगाएका त्यही गाँउकी १५ वर्षिया संगीता चौरसीया र १५ वर्षिय सुमन पासवानको भने स्थानीयले उद्धार गरेका छन् ।
उद्धार गरिएका मध्ये घाइते संगीताको गाँउकै स्वास्थ्य संस्थामा उपचार गरिएको पर्साका प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए । 
 यस्तै  अर्का सुमनको अवस्था भने सामान्य रहेको प्रहरी नायव उपरिक्षक थापाले बताए । 
पर्सागढी नगरपालिका वडा नम्बर ४ बर्वाछटौलीमा रहेको नेपाल राष्ट्रिय आधारभुत उच्च माविमा सोमबार बिहान परिक्षा दिएर घर फर्कदै गरेका उनिहरुलाइ फन्ठी खोलाको बाढिले बगाएको थियो । बेपता भएका  सुरेन्द्रको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया