रौतहट- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य क्षेत्रमा रौतहट सबैभन्दा पछि परेको बताउनुुभएको छ ।
गरुडा नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै उहाँले जिल्लामा कुुनै सरकारी विद्यालय पढ्नलायक र सरकारी अस्पतालमा उपचार गराउन सक्ने अवस्था नरहेको टिप्पणी गर्नुभयो । जंगल, जलजस्ता प्राकृतिक स्रोतसाधनको अभावमा पनि प्रदेशलाई समृद्ध बनाउन जनप्रतिनिधिका लागि अवसर र चुुनौती दुुवै रहेको यादवको भनाइ थियो ।
नगरपालिकाको पहिलो नगरसभामा प्रमुख इन्दुुराय यादवले चालु आव २०७४÷७५ का लागि करीव रु ३९ करोड ७२ लाखको बजेट प्रस्तुत गरे ।
प्रतिक्रिया