पूर्वराजाले पार्टी मिलाइदिन थालेका होइनन्ः कमल थापा

७ बर्ष अगाडि

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विभाजित राप्रपालाई   पूर्वराजा ज्ञानेन्द्र शाहाले मिलाई दिन थालेको नभइ सिद्धान्तको आधारमा मिल्न थालेको बताएका छन् ।
रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले पार्टी एकीकरण अन्तिम चरणमा पुगेको बताए । 
 निर्बाचनमा पार्टीले पराजय भोग्नु र मुलुकमा एकदलिय सर्बसत्ताबाद बढ्दै गएपछि पार्टी एक हुन थालेको उनको भनाई छ । 
उनले पूर्वराजासँग पटकपटक भेटघाट भएपनि पार्टी एकिकरणको बारेमा छलफल नभएको समेत बताए ।
सरकार सरकार एकदलिय सर्बसत्ताबादको खतरातिर जान सक्ने खतरा औंल्याएका उनले भने, ‘सरकारको बारेमा ठोस निश्कर्ष निकाल्नु उपयुक्त बेला त होइन  । तर ५ महिनाको गतिबिधि हेर्दा जनतामा केहि आशा र जनतामा बढि आशंकाको स्थीति देखापरेको छ ।’
थापाले अगाडि भने — ‘२ तिहाइको बहुमतको कारण एकातर्फ स्थिरता,आर्थिक बिकास र समृद्धिको आशा छ तर अर्कोतर्फ सत्तारुढ दलका कारण कहिकतै एकदलीय सर्बसत्तााबादको आशंका पनि देखिन्छ ।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले नेपाली जनताले निरंकुशता र सर्बसत्ताबाद नस्वीकार्ने कुरा प्रमाणित  भैसकेको  बताए ।
अहिलेको अबस्थामा दलहरुबिच एकता र सहकार्य गरेर सरकार अगाडि बढ््नुपर्ने उनको उनको भनाई थियो । 
आफ्नो पार्टीले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाका निम्ति निरन्तर संघर्ष गरिराखेको भन्दै उनले साउन २ देखि हिन्दु जागरण अभियान लिएर देशभर हिँड्ने उल्लेख गरे ।
असोज मसान्तभित्र पार्टीको गांउ,वडा तथा सबै तहमा संगठन पुर्ननिर्माण तथा पुर्नगठन गरिने समेत उनले प्रष्ट पारे ।
हिन्दु राष्ट्र ९४ प्रतिशत जनताको सम्मान र पहिचानका लागि भएको थापाको भनाइ छ ।
‘समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहित हिन्दु राष्ट बनाउने हाम्रो माग हो ,यो संभब छ ।’
हिन्दुधर्मका पक्षपाति समेत रहेका थापाले योजनाबद्ध र संगठीत रुपले धर्म परिबर्तन गराउने होडबाजी भएको भन्दै आपत्ती जनाए ।
उनले बिगतका ५ बर्षभित्रमा दशौं लाखको धर्म परिबर्तन भएको दाबि गर्दै उनले सरकारले धर्मपरिबर्तनको महाहोड अन्त्य गर्नुपर्नेमा जोड दिए ।
उनले भने—‘संगठीत धर्मपरिबर्तन डण्डनीय छ ,सरकारले रोकोस् । ’
चीन र भारतसंग नेपालको सम्बन्ध सन्तुलित हुनुपर्ने उनको भनाइ छ । बाम सरकारका केहि कमजोरी भएको देखिन्छ ,समदुरी र सन्तुलित सम्बन्ध फरक हो ।उनले भने —‘नेपाल भारतको सम्बन्ध अरु देशसंग तुलनै हुन सक्दैन ।’
उनले बर्तमान अबस्थामा कांग्रेस र कम्युनिष्टसंग कुनैपनि एकता नहुने बताए ।उनले कांग्रेस र कम्युनिष्टको बिकल्पको पार्टी भएको प्रष्ट पारे ।

७ बर्ष अगाडि

प्रतिक्रिया