एनआरएनएको सम्मेलनमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पास हुन सेकन

६ बर्ष अगाडि

गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औ बिश्व सम्मेलनमा महासचिव र कोषाध्यक्षको प्रतिवेदनमा चर्को बिरोध भएको छ । 

सम्मेलनको बन्द सत्रमा महासचिव बद्री केसीद्वारा प्रस्तुत प्रतिवेदन र कोषाध्यक्ष हिक्मत थापाको आर्थिक प्रतिबेदनको बिरोध भएको हो । 

कपोलकल्पित, झुटा र भ्रमित बिषयहरुलाई समेटेर प्रतिवेदन तयार गरेको भन्दै फ्लोरबाट पारित हुन नसकेको सचिव जानकी गुरुङले बताइन् । 

महिला उपाध्यक्ष सपिला राजभण्डारी र सचिव गुरुङले ड्यासबाटै प्रतिवेदनको बिरोध गरेका थिए। 
 

६ बर्ष अगाडि

प्रतिक्रिया