राष्ट्रिय जनता पार्टी नेपालले आज बिहान पूर्व पश्चिम राजमार्गमा चक्काजाम गरेको छ । प्रतिनिधि सभाका सांसद प्रमोद कुमार साहलाई रिहा गर्नुपर्ने माग गर्दै आज बिहान एक घण्टा चक्काजाम गरेको छ ।
सांसद साहको रिहाइको माग गर्दै राजपा नेपालका नेता तथा कार्यकताहरुले प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए ।
राजपाको चक्काजामका कारण केही समय सवारी आवागमनमा अवरोध आएको थियो।
प्रहरी नियन्त्रणमा रहेका सांसद साहलाई आज धनुषा जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया