महरालाई हिरासतमा राख्न अदालतको अनुमति

६ बर्ष अगाडि

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । 

जिल्ला सरकारी वकीलको कार्यालयले अदालतसँग १३ दिन म्याद थपको अनुमति मागेको थियो । १९ असोजमा पक्राउ परेका महरा १० दिनदेखि हिरासतमै रहेकाले थप तीनदिन म्याद थप भएको हो । 

म्याद थपका सम्बन्धमा जिल्ला अदालतमा भएको बहसपछि न्यायाधीश दीपककुमार दाहालको इजलासबाट म्याद थप्ने निर्णय भएको हो ।

स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा बसेका महरालाई सरकारी वकीलको कार्यालय हुँदै आजै जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया