राष्ट्रपति विद्यादेवी भण्डारीले महेश दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई आज गरेकी हुन् ।
तत्कालीन राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएपछि अस्ट्रेलियामा ६ महिनादेखि राजदूत थिएन।
नेकपा अध्यक्ष प्रचण्डको प्रस्तावमा दाहाललाई सिफारिस गरिएको हो।
नेपाल टेलिभिजनको अध्यक्ष रहिसकेका दाहाल अध्यक्ष प्रचण्डका नातेदार पनि हुन्।
प्रतिक्रिया