सार्वजनिक बस चढेर दोलखा पुगे डा.केसी

६ बर्ष अगाडि

२६ वर्ष काम गरेको त्रिभुवन शिक्षण अस्पतालबाट बिदा भएको भोलिपल्ट प्राध्यापक डाक्टर गोविन्द केसी दोलखा जिल्लाको चरिकोट पुगेका छन् । मंगलबार बिहानै काठमाडौँबाट सार्वजनिक बस चढेर उनी दोलखा जिल्ला अस्पताल पुगेका हुन्  ।

६३ वर्षे उमेर हदको कारण डा.केसीले शिक्षण अस्पतालबाट सोमबार मात्र अवकाश पाएका थिए । सोमबार नै अस्पतालको क्वार्टर छाडेका उनी केही औषधि साथमा लिएर दोलखा पुगेका हुन् ।

‘केही दिन जिल्लाहरुको अस्पताल घुमौँ भनेर आएको हुँ’ डाक्टर केसीले भने, ‘केही दिन अरु जिल्लाको अस्पताल पनि पुग्छु। कहाँ कहिले जाने कुनै योजना छैन ।’

६ बर्ष अगाडि

प्रतिक्रिया