एसिड पिडित मुस्कानलाई भेट्न अस्पताल पुगे राजेश हमाल

६ बर्ष अगाडि

नेपाली चलचित्र क्षेत्रका नायक राजेश हमालले १४ वर्षिय एसिड पिडित मुस्कान खातुनलाई भेटेका छन् । सोमबार किर्तिपुर अस्पतालमै पुगेर हमालले मुस्कानलाई भेटेका हुन् । मुस्कानको अवस्थाललाई देख्दा राजेश एकछिन बोल्नै नसक्ने भएका थिए ।

राजेशले मुस्कानलाई छिट्टै घर फर्किन मिल्ने आश्वासन समेत दिएका थिए । अहिले जुन पीडा भयो त्यो पीडा आगामी दिनमा नपर्ने समेत राजेशले मुस्कानसँगको भेटमा बताएका थिए । आफूलाई भेट्न आएका राजेशलाई देखेर मुस्कान पनि खुशी देखिएकीथिइन् ।

मुस्कानको अनुहारमा मुस्कान छर्नको लागि देश तथा विदेशका कलाकारहरुले निकै उत्साह थपिरहेका छन् । बलिउडका धेरै कलाकारहरुले मुस्कानको विषयमा भिडियो सन्देश पठाएका छन् भने नेपाली कलाकारहरुले पनि अस्पतालसम्मै पुगेर मुस्कानसँग कुरा गरिरहेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया