काठमाडौं – आज सम्म कायम शेयरधनीले मात्र सिद्धार्थ बैंक र शिवम् सिमेन्ट लिमिटेडले घोषणा गरेको लाभांश पाउने भएका छन् ।
कात्तिक ७ गते साधारणसभा आयोजना गर्न लागेको बैंकले आजसम्म कायम शेयरधनीहरुको लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १५ दशमलव २५ पतिशत नगद लाभांश दिन लागेको हो ।
त्यसैगरी, शिवम सिमेन्टले पनि मंगलबारसम्म कायम शेयरधनीहरुको लागि १५ दशमलव ८७९५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
प्रतिक्रिया