सम्मेलन गैर आवासीय नेपालीको, चुनाव काँग्रेस र नेकपा कार्यकर्ताको

६ बर्ष अगाडि

आजदेखि शुरु हुने गैर आवासीय नेपाली संघ (एनआरएन) को सम्मेलनमा काँग्रेस र नेकपाका कार्यकर्ताको प्रतिस्पर्धा हुने देखिएको छ । 

नयाँ नेतृत्व चुन्नका लागि राजनीतिक रुपमा दुई प्यानल बनाएर प्रतिस्पर्धा गर्ने भएपछि काँग्रेस र नेकपाका कार्यकर्ताको रुपमा प्रतिस्पर्धा हुने भएको हो । 

आजदेखि शुरु नवौं विश्व सम्मेलनमा अध्यक्षका लागि जर्मनीमा होटल व्यवसाय गरिरहेका कुमार पन्त र बेलायतमा व्यवसाय गरिरहेका कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । 

पन्तलाई नेकपा र आचार्यलाई नेपाली काँग्रेसको समर्थन छ । 

गोरखामा जन्मेका पन्त र पर्वतमा जन्मेका आचार्य निकै कठिन परिश्रमबाट विदेशमा सफल व्यवसायीका रुपमा स्थापित छन् । 

अध्ययनको लागि बेल्जियम छिरेर जर्मनीमा होटलमा काम गरेका पन्तले जर्मनीमा अन्य साझेदारसँग मिलेर तीन दर्जन होटल खोलेका छन् ।

बेलायत छिरेका आचार्यले भने आफ्नै रेष्टुरेण्ट स्थापना गरेर अहिले यूरोपभरी फैलाउने अभियानमा छन् । 

आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपनि दशैंअघिदेखि नै चहलपहल शुरु भएको सम्मेलनमा दुई सफल व्यावसायीले प्रतिस्पर्धा गर्ने भएपनि राजनीतिक रुपले प्रभावित भएको छ । 

पुर्व अध्यक्षहरुमध्ये जीबा लामिछानेको साथ पाएका पन्तलाई नेकपा र शेष घलेको साथ पाएका आचार्य काँग्रेसको समर्थन छ । 

सोही अनुसार प्यानल बन्नुका साथै प्रचार प्रसार पनि देखिएको छ । 

पन्तले याक एण्ड यति होटलमा र आचार्यले रोयल सिंगेमा खोलेको सम्पर्क कार्यालयमा पार्टी नेताको जस्तै कार्यकर्ताहरु चुनावी अभियानमा लागेको देखिन्छ । 

 खोलेका आचार्यको चुनाबकै लागि आचार्यले र पन्तलेराखेर अभियान अघि बढाइरहेका छन्। 

यसपाली सहमतिमा सर्वसम्मत नेतृत्व चयन गर्ने भनेर संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो लागेपनि सहमतिको सम्भावना निकै न्यून छ । 

विभिन्न ८१ मुलुकमा रहेका गैर आवासीय नेपाली, र अन्य पर्यवेक्षक गरी करिव २ हजार ५ सयको सहभागिता रहेको आयोजकले बताएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया