अदालतले दियो आफताव आलमलाई थुनामा राख्ने अनुमति

६ बर्ष अगाडि

कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई जिल्ला अदालत रौतहटले सात दिनको थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

बुधबार जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायाधीस चित्रबहादुर गुरुङको इजलासले आलमलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले मंगलबार आलमलाई अदालतमा हाजिर गराएको थियो ।

१२ वर्षअघिको घटनामा आलम दोस्रो पटक आइतबार पक्राउ परेका हुन् । राजनीतिक संरक्षणका आधारमा ‘मुद्दा नचल्ने’ भनी महान्यायाधिवक्ता कार्यालयले गरेको त्यति बेलाको निर्णय उल्ट्याउनु र अनुसन्धान गर्नु भनी सर्वोच्च अदालतले आदेश दिएकोसमेत झन्डै साढे सात वर्षपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया