धितोपत्र बोर्डमा बिहीबारबाट अध्यक्षपद खाली

६ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले तत्कालै अध्यक्ष नपाउने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडा आज नै विश्व बैंकको कार्यक्रममा न्यूयोर्क प्रस्थान गर्ने भएपछि तत्कालै नेपाल धितोपत्र बोर्डले अध्यक्ष नपाउने भएको हो ।

अहिलेका बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीको कार्यकाल बिहीबारदेखि सकिँदै छ ।

अब अर्थमन्त्री अमेरिकाबाट आएपछि मात्र बोर्डले नयाँ अध्यक्ष पाउनेछ ।

बोर्डको अध्यक्ष छनोटका लागि अर्थ मन्त्रालयले समिति गठन गर्ने कानुनी व्यवस्था रहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया