विश्वकप छनोटअन्तर्गत आज नेपालले जोर्डनसंग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले छनोट प्रतियोगिताको चौथो खेलमा जोर्डनसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल जोर्डनको अम्मान रंगशालामा हुनेछ । विश्वकप छनोट अन्तर्गत सन् २०११ को अक्टोवरमा भएको खेलमा नेपालले सोही रंगशालामा जोर्डनसंग ९–० को हार व्यहोरेको थियो ।
नेपाल त्यही रंगशालामा पुनः एक पटक जोर्डनसंग विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ । जोर्डनविरुद्व ८ वर्ष अघि नेपाली टिमबाट खेलेका तीन खेलाडी अझैपनि राष्ट्रिय टिममा छन् ।
गोलकिपर किरण चेम्जोङ, रोहित चन्द र सुजल श्रेष्ठले पुनः दोस्रो पटक घरेलु टोली जोर्डनसामु चूनौती पेश गर्नेछन् । फिफा वरियतामा नेपालभन्दा ६३ स्थानमाथि रहेको जोर्डन बलियो टिम हो ।
प्रतिक्रिया