कवि देवकी तिमल्सिना ‘समीक्षा’को ‘योद्धाको सपना’ कविता सङ्ग्रह जनयुद्धमा लडेका योद्धाहरुको भाव मात्र नभएर समाजमा उत्पीडित महिला तथा जनसमुदायको भावनाको सङ्ग्रह भएको बताइएकोे छ ।
सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानद्वारा यहाँ सोमबार आयोजित पुस्तक समीक्षा कार्यक्रममा समीक्षकहरुले कवि तिमल्सिना राष्ट्रिय चेतनाकी कवि भएको धारणा व्यक्त गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कला, साहित्य तथा सांस्कृतिक विभाग प्रमुख मणि थापाले जनयुद्धमा रचिएका कला र साहित्यले हजारौँ क्रान्तिकारी, सेना तथा विद्रोही जन्माएकाले नै गणतन्त्र प्राप्त गर्न सहज भएको बताए ।
डा नवराज लम्सालले युद्धबाट आफू बाँच्न सफल भएकोे समयलाई समेटेर रचिएको यो कविता वास्तविक भोगाइमा आधारित छ भने । कवि रमेश शुभेच्छुकले कवि तिमल्सिनाका प्रत्येक कविता जीवन्त छन् भने।
प्रतिक्रिया