सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालका नेता रहेको सांसद साहले फ्लाइट डिले भएको भन्दै जनकपुरधाम विमानस्थलमा रहेको काउन्टर तोडफोड गरेका हुन् ।
बिहान ११ः४० बजेको बुद्धको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा एकजना विरामीलाई समस्या बढ्न थालेपछि काउण्टरमा तोडफोड गरेको स्वीकारे ।
‘किड्नीका विरामी जनकपुरधाम ४ का ६५ वर्षीय सौखीलाल चौधरी २ बजेसम्ममा चिकित्सक कहाँ पुगेर चेकजाच गराउनुपर्ने थियो’, साहले भने ‘तर, विमान आउन निकै ढिला भएपछि त्यही आवेगमा आएपछि मैले तोडफोड गरेको हुँ ।’
काउण्टर तोडफोड गरेपछि सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमानमा प्रवेश गर्न रोक लगाएको थियो ।
तर पछि प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद साहले काठमाडौँ उडेका छन् ।
बुद्ध एयरका व्यवस्थापक प्रमुख विजयकुमार सिंहले काठमाडौँ विमानस्थलकै प्राविधिक कारणले विमान ढिलाइ भएको बताए ।
प्रतिक्रिया