भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ ।
अक्टोबर २३ मा हुने क्रिकेट बोर्डको चुनावको लागि अध्यक्ष पदमा गांगुलीको मात्र उम्मेदवारी परेपछि उनी अध्यक्ष बन्ने निश्चित भएको हो ।
बोर्डमा उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन आज (अक्टोबर १४) मा सकिएको छ ।
बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिएका छन् ।
‘भारतीय क्रिकेटमा निकै शक्तिशाली एवं स्रोतसाधन सम्पन्न मानिने बोर्डको अध्यक्षमा अनुभवी क्रिकेट खेलाडी सौरभ गांगुलीको चयन हुनु गर्वको विषय हो,’ खन्नाले भनेका छन् ।
खन्नाले बंगाल क्रिकेट संघका अध्यक्ष एवं क्रिकेट सल्लाहकार समितिका सदस्य समेत रहेका गांगुलीले भारतीय क्रिकेटलाई अझ नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गरे ।
यसैगरी ब्रिजेस पटेललाई आईपिएलको अध्यक्षमा चयन गरिएको छ । भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा अजय शाह भने बोर्डको सदस्य सचिव हुनेछन् ।
प्रतिक्रिया