८१ देशमा पुगेका नेपाली भोली काठमाडौंमा भेला हुने,

६ बर्ष अगाडि

नेपालमा जन्मेर रोजगारी र बसोबासका लागि विश्वभरी पुगेका नेपालीको जमघट भोली काठमाडौंमा हुने भएको छ । 

गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलनको अवसरमा ८१ देशमा रहेका नेपाली मुलका नागरिक जम्मा हुने भएका हुन् । 

एनआरएनएको नवौँ सम्मेलनमा विश्वका ८१ मुलुकबाट २ हजार ५ सय जना प्रतिनिधि सहभागी हुने एनआरएनएले सोमबार बालुवाटारमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

सम्मेलनको नारा ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ रहेको छ । 

संगठनको नेतृत्वका लागि यो पटक कुल आचार्य र कुमार पन्त चुनावी मैदानमा छन्। 

एनआरएनए सन् २००३ मा स्थापना भएको हो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया