ऋण दिने पैसा छैन नेपालका बैंकमा

६ बर्ष अगाडि

तलरता अभावका कारण नेपालका बैंकहरुमा ऋण दिने रकम अभाव भएको छ । 

तरलताको सुनिश्चितता नहुँदै आर्थिक बर्षको सुरुवातदेखि नै आक्रामक ऋण लगानी गर्दा ऋण दिने रकम अभाव भएको हो । 

तरलता अभावका कारण बैंकहरु ऋण दिन नसक्ने अबस्थमा पुगेको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बताए ।

उनका अनुसार दसैंअघिसम्म रु ४८ अर्ब निक्षेप संकलन गरेका २८ वाणिज्य बैंकले १०० अर्ब ऋण दिएपछि अहिले जम्मा रु १५ अर्ब  मात्र ऋण दिने रकम रहेको छ । 

भुकम्प पछिका वर्षहरुमा निर्माण्का लागि ऋणको माग उच्च भएको कारण विगत तीन बर्षदेखि नै तरलता अभाव देखिइँदै आएको छ । 

दशैंपछि उद्यमीले पनि ऋण लिएर नयाँ काम थाल्ने र  हिउँदमा निर्माणको काम गर्न सजिलो हुने भएकाले अहिले ऋणको माग उच्च छ ।

तर अब नयाँ निक्षेप वा अन्य स्रोतको जोहो नहुने हो भने बैंकहरुले ऋण दिन गाह्रो रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् । 

बैंकहरुमा देखिएको समस्या समाधान गर्न  तत्काल पैसा उपलब्धताका लागि स्थानीय तहमा जाने सम्पूर्ण बजेटलाई निक्षेपका रुपमा परिचालन गर्न दिनु बैंकरहरुको सुझाव छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया