पुर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ती गरेपछि आजदेखि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार शुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट असोज ९ गते पूर्णिमा र भार्गवलाई प्राप्ति गर्ने सम्बन्धमा अन्तिम स्वीकृति प्राप्त गरेको शाइन रेसुङ्गाले आजदेखि एकीकृत कारोबार शुरु गरेको हो ।
असार २७ गते सम्पन्न विशेष साधारण सभाबाट गाभ्नेरगाभिने प्रस्ताव पारित गरेको शाइन रेसुङ्गाले असोज १६ गते पूर्णिमा र भार्गवको सम्पत्ति तथा दायित्व सकार्नेरब्यहोर्ने गरि कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि अनुमति प्राप्त गरेको थियो ।
गत जेठ महिनामा प्राप्ति तथा एक्विजिशन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सँगै तीन बैंक एक भए पछि शाइन रेसुङ्गको चुक्ता पूँजी दुई अर्ब ६४ करोड ९२ लाख ६६ हजार रुपैयाँ नाघेको छ ।
यो सँगै उक्त बैंक राष्ट्रिय स्तरको विकास बैंक पनि बनेको छ ।
रुपन्देहीको बुटवल उप महानगर पालिका ६ मा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गाको हाल १० जिल्ला कार्य क्षेत्र रहेको छ ।
बैंकले एक्वीजिसन पश्चात कायम हुने पूँजीको ४ बारबार १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ ।
प्रतिक्रिया