नेपाल भारत अन्तरदेशीय प्रसारणलाइन र इनर्जी बैकिङलगायतका विषयमा सहमति जुटाउन नेपाल भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि सुरु हुँदै छ ।
दुई दिनसम्म चल्ने बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतका तर्फबाट त्यहाँका ऊर्जा सचिव एससी गर्गले गर्नेछन् ।
मन्त्रालयका अुनसार बैठकमा इनर्जी बैकिङ, नेपाल भारतबीचको प्रसारणलाइनलाई आधुनिक बनाउन हार्मोनाइज तथा सिंक्रोनाइज गर्ने बारे छलफल हुने छ ।
त्यस्तै न्यु बुटवल–न्यु गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनको निर्माणको मोडालिटी र कटैया–कुशाहा र रक्सौल परवानीपुर १३२ केभी प्रसारणलाइनलाई डबल सर्किट गर्नेबारे छलफल गर्ने नेपालको तयारी रहेको छ ।
निर्देशक समितिको बैठकमा अन्तरदेशीय प्रसारणलाइन बारे अहिलेसम्म नटुंगीएका विषयमा सहमति जुटाउने प्रयास हुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया