श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

६ बर्ष अगाडि

कैलाली – लम्की चुहा नगरपालिका–१ भरुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी बिक थापाको आइतवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आफ्नै घरमा परपुरुषसँग भेटेपछि श्रीमतीलाई श्रीमानले कुटपिट गरेकाे प्रहरीले जनाएको छ ।

उपचारको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा आइतबार राति करिब ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी श्रीमतीसँग भेटिएका पुरुषलाई प्रहरीले तारेकमा छाडेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया