आजदेखि समताको १२ करोड १३ लाखको हकप्रद सेयर बिक्री खुल्ला

६ बर्ष अगाडि

समता लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि रु १२ करोड १३ लाख ४४ हजार मूल्यबराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ ।

चुक्तापुँजी १८ हजार २० लाख १६ हजार रुपैयाँ पु¥याउनका लागि सोमबारदेखि हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । 

चुक्तापुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको १ः२ अनुपातमा रु १०० अंकित सेयर निष्कासन गरेको संस्थाले जनाएको छ । 

लगानीकर्ताले मंसिर १ गतेसम्म खरिद आवेदन दिन पाउनेछन् । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीए एस क्यापिटल लिमिटेड तोकिएको छ । 

उक्त लघुवित्तमा ७० प्रतिशत संस्थापक सेयरधनी र ३० प्रतिशत सर्वसाधारण सेयरधनी छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया